तीन कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

तीन कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?
Advertisement Ads

सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै स्पेक्स नेपाल प्राली, जेडिएम आर बिल्डर्स र एम/एस श्रुस्थी कनटेक प्रालि हैदरावादलाई फरक–फरक अवधिका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो।

सूचनाअनुसार स्पेक्स नेपाल प्रालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै जेडिएम आर बिल्डर्सलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।

यसैगरी, एम/एस श्रुस्थी कनटेक प्रालि हैदरावादलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

कालोसूचीमा राखिएसँगै यी कम्पनीले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

suchana 1786414593 https://bajarkochirfar.com/if-three-companies-are-blacklisted-for-how-long-will-they-not-be-allowed-to-do-what | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स