नेपाली कांग्रेसले सभामुख पदका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ।
कांग्रेसले सत्तापक्षसँग संसद्मा पर्याप्त बहुमत रहेको र सभामुख साझा तथा निष्पक्ष भूमिका हुने पद भएकाले उम्मेदवारी नदिने निर्णय गरेको जनाएको छ। साथै, संसद् मर्यादित र निष्पक्ष रूपमा सञ्चालन हुने विश्वासका साथ यस्तो निर्णय लिइएको बताइएको छ।
उता नेकपा एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिनेबारे अझै निर्णय गरेको छैन। एमालेका अनुसार सभामुख उम्मेदवारीबारे छलफल जारी रहेको छ र सचिवालय बैठकपछि अन्तिम निर्णय गरिनेछ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोलप्रसाद अर्याललाई सभामुख पदका लागि उम्मेदवार बनाइसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ सिट रहेकाले अर्यालको जित सुनिश्चितजस्तै देखिएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया