समयमै जिम्मेवारी पूरा नगर्ने ११ वटा निर्माण कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेखअनुसार, ती कम्पनीहरू विभिन्न सरकारी निकायहरूसँगको सम्झौताअनुसारको काम तोकिएको समयमा सम्पन्न नगरेको भन्दै कारबाहीमा परेका हुन्।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो। यो अवधिमा ती कम्पनीहरूले कुनै पनि सरकारी खरिद प्रक्रिया वा ठेक्कामा भाग लिन पाउने छैनन्।


प्रतिकृया