instainsta

३० करोडको आइसीएफसी फाइनान्सको डिबेन्चर जारी: आजदेखि आवेदन दिन सकिने

३० करोडको आइसीएफसी फाइनान्सको डिबेन्चर जारी: आजदेखि आवेदन दिन सकिने
AdvertisementAds

आइसीएफसी फाइनान्स लिमिटेडले आज (माघ ९ गते) देखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको हो जसमा १ लाख ८० हजार इकाई अन्य संघसंस्थालाई बिक्री गरिनेछ।

सर्वसाधारणका लागि छुट्याइएका ऋणपत्रमध्ये ५ प्रतिशत (६ हजार इकाई) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ नामक यो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ, जसमा वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

यस ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। आवेदन माघ १३ गतेसम्म दिन सकिनेछ। यदि सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा आवेदन माघ २३ गतेसम्म खुला रहनेछ।

ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिनेछ। सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स