शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसको सभापति पदमा आफ्नो दाबी रहने बताएका छन्।
आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू पनि भावी सभापतिको लाइनमा रहेको स्पष्ट पारे।
‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन। नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा व्यक्तिगत स्वार्थभन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ,’ सिंहले भने।
उनले आफू संस्थागत पार्टी निर्माणमा दृढ रहेको उल्लेख गर्दै प्रतिस्पर्धा स्वाभाविक भए पनि विधि र विधानअनुसार हुनुपर्ने धारणा राखे। सिंहका अनुसार पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्छ, विवादका रूपमा होइन।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया