SHAREHUBSHAREHUB

अण्डाको मूल्यमा भारी वृद्धि, कारण यस्तो

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ११ गते
AdvertisementAds
अण्डाको मूल्यमा भारी वृद्धि, कारण यस्तो
AdvertisementAds

अण्डाको मूल्य फेरि बढेको छ।

नेपाल लेयर्स कुखुरापालक संघले सोमदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य घोषणा गरेको छ। संघका अनुसार एक्सएल अण्डा प्रति क्रेट रु. ४९५, ठूलो अण्डा प्रति क्रेट रु. ४७५ र मिडियम अण्डा प्रति क्रेट रु. ४४५ कायम गरिएको छ।

अण्डा उत्पादनको लागत पछिल्लो समय बढ्दै गएकोले किसानहरूले अब लागतभन्दा माथिको मूल्य पाउने अपेक्षा गर्न सक्ने संघले जनाएको छ। गत साता तोकिएको मूल्य अनुसार एक्सएल अण्डा प्रति क्रेट रु. ४४५, ठूलो अण्डा रु. ४२५ र मिडियम अण्डा रु. ३७५ थियो।

संघले हाल देशभर चुनावी प्रचारप्रसार तीव्र भइरहेका कारण अण्डाको खपत बढेको र त्यसैले मूल्य समायोजन आवश्यक भएको स्पष्ट पारेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स