हाउल्याडरले थाल्यो १० बैंकमा ‘लोन पोर्टफोलियो रिभ्यू’

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २८ गते
हाउल्याडरले थाल्यो १० बैंकमा ‘लोन पोर्टफोलियो रिभ्यू’

लोन पोर्टफोलियो रिभ्यूका लागि छनोटमा परेको बंगलादेशको फर्म हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकमा स्थलगत अनुगमन सुरु गरेको छ। बंगलादेशी फर्मले नेपाली चार्टर्ड एकाउन्टेन्ट र राष्ट्र बैंकका प्रतिनिधिसहितको टोली बनाएर १० वटै बैंकमा नीति, पोलिसी र तथ्यांक संकलन सुरु गरेको हो। तिहारअघि तथ्यांक संकलन गरिनेछ भने छठपछि स्थलगत विश्लेषण र अनुगमन हुनेछ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा सम्झौता गर्दा राष्ट्र बैंकले बंगलादेशी फर्मलाई छनोट गरेको हो। कम्पनीले ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा लेखापरीक्षण जिम्मा पाएको छ। गत आर्थिक वर्ष भारतको केपीएमजी प्राविधिक रूपमा योग्य भए पनि आर्थिक प्रस्ताव सार्वजनिक खरिद ऐनअनुसार अस्वीकार भएपछि प्रक्रिया रोकिएको थियो।

हाउल्याडर युनुस एन्ड कम्पनीले कर्जा फाँट, जोखिम व्यवस्थापन प्रणाली, कर्जा वर्गीकरण, प्रोभिजन, पुनर्संरचना नीति, कर्जा असुली र आन्तरिक लेखा नियन्त्रणको विस्तृत अध्ययन गर्नेछ। तयार प्रतिवेदन राष्ट्र बैंकमा बुझाइनेछ। सम्भावित बैंकमा नबिल, ग्लोबल आइएमई, एनआइसी एसिया, प्रभु, एनएमबी, प्राइम कमर्सियल, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, हिमालयन र सिद्धार्थ बैंक रहने छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स