बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको संस्थागत बोलकबोल प्रक्रिया सम्पन्न भएसँगै प्रतिसेयर ‘कटअफ’ मूल्य ५०० रुपैयाँ कायम भएको छ। यही मूल्यका आधारमा धितोपत्र बोर्डको व्यवस्थाअनुसार सर्वसाधारणलाई १० प्रतिशत छुट दिइने भएकाले कम्पनीको आईपीओ प्रतिसेयर ४५० रुपैयाँमा उपलब्ध हुनेछ।
कम्पनीले जारी पूँजी ५३ करोड रुपैयाँको २०.५० प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिसकिएको छ।
बाँकी ६० प्रतिशत अर्थात् ६ लाख ५१ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। बुक बिल्डिङ विधिबाट जारी हुने यस सेयरमा सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ।
संस्थागत बोलकबोल प्रक्रिया पूरा भएसँगै अब कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिनेछ।

प्रतिकृया