महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १७ गते
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरूमा वितरण गर्ने जनाएको छ।

MLBL 1 https://bajarkochirfar.com/how-much-is-mahalaxmi-bikas-banks-dividend-announcement-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स