दशैंको फूलपातीदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्म—बलिदान, हरिबहादुरको जुत्ता र माइतीघर—ले अपेक्षाभन्दा कम बक्सअफिस कमाइ गरेका छन्।
मंगलबार दोस्रो दिन यी फिल्महरूको कारोबार पहिलो दिनको तुलनामा केही घटेको देखिन्छ। बलिदानले मंगलबार ४८ लाख ४६ हजार रुपैयाँ ग्रस कमाउँदै दुई दिनमा कुल १ करोड ५ लाख ६५ हजार रुपैयाँ कमाइ गरेको छ।
हरिबहादुरको जुत्ताले मंगलबार ३४ लाख ७३ हजार रुपैयाँ कमाएर दुई दिनमा ५९ लाख ५८ हजार रुपैयाँसम्म पुगेको छ।
त्यस्तै, माइतीघरले मंगलबार १९ लाख ६७ हजार रुपैयाँ कमाउँदै दुई दिनमा कुल ३८ लाख ६३ हजार रुपैयाँ कमाइ गरेको छ। प्रदर्शनको हिसाबले बलिदान २१३ शो, हरिबहादुरको जुत्ता १३४ शो र माइतीघर १३० शोमा देखाइएको छ।















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)


प्रतिकृया