ग्रीन प्लाई नेपालले आईपीओ जारी गर्ने

ग्रीन प्लाई नेपालले आईपीओ जारी गर्ने

नेपालमा प्लाईउड उत्पादन गर्दै आएको ग्रीन प्लाई नेपालले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनी असार ३१ गते प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ। यससम्बन्धी प्रस्ताव पारित गर्न साउन २२ गते विशेष साधारणसभा बोलाइएको छ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १८.९६ प्रतिशत बिक्री वृद्धि गर्दै करिब ४७.५ करोड रुपैयाँ कारोबार गरेको जनाएको छ। कम्पनी विगत पाँच वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको छ। उत्पादनको करिब ३० प्रतिशत नेपालमा खपत हुने र ७० प्रतिशतभन्दा बढी भारत निर्यात हुने गरेको कम्पनीले जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स