प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी कति राख्नुपर्छ धरौटी रकम ?

प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी कति राख्नुपर्छ धरौटी रकम ?
Advertisement Ads

आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन १० हजार रुपैयाँ धरौटी आवश्यक पर्ने भएको छ। निर्वाचन आयोगले आइतबार सूचना प्रकाशित गर्दै उम्मेदवारी दर्ता गर्न आवश्यक कागजात र प्रक्रियाबारे जानकारी दिएको हो।

सामान्य उम्मेदवारले १० हजार रुपैयाँ धरौटी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ र धरौटी बुझाएको रसिद वा भौचर पेश गर्नुपर्ने भने महिला, दलित, अल्पसंख्यक समुदायका उम्मेदवार तथा आर्थिक रूपमा विपन्न व्यक्तिले मात्र ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ। आयोगका अनुसार, यस वर्गका उम्मेदवारहरूका लागि धरौटी रकममा ५० प्रतिशत छुट दिइनेछ।

आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहबाट सिफारिस पत्र ल्याउनुपर्नेछ। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने गरी तोकिएको छ।

candidate https://bajarkochirfar.com/how-much-deposit-is-required-to-be-a-candidate-in-the-house-of-representatives-election | %tags

candidate 1 JhuHTQYXM5 https://bajarkochirfar.com/how-much-deposit-is-required-to-be-a-candidate-in-the-house-of-representatives-election | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स