कति लाख धरौटी बुझाएर कारागारबाट रिहा भए दुर्गा प्रसाईं ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २० गते
कति लाख धरौटी बुझाएर कारागारबाट रिहा भए दुर्गा प्रसाईं ?
File Photo

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट रिहा भएका छन्। अदालतको आदेश अनुसार तोकिएको २८ लाख रुपैयाँ धरौटी बुझाएपछि प्रसाईंलाई हिजो (सोमबार) दिउँसो कारागार प्रशासनले रिहा गरेको हो। उनले धरौटी बुझाएर कारागार फर्किएको झन्डै दुई घण्टापछि रिहाइ प्रक्रिया टुंगिएर उनलाई छुटाइएको हो। रिहाइपछि प्रसाईंले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन खोजेका थिए तर प्रहरीले उनी चढेको गाडीलाई अगाडि बढ्न निर्देशन दिएको थियो।

उनीविरुद्ध १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको हिंसात्मक प्रदर्शन र बैंकिङ कसुरसम्बन्धी दुई फरक मुद्दा दायर भएका थिए। उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी तोकेको हो। अदालतले उनलाई तत्काल निर्दोष भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको अवस्था विचार गरी धरौटीमा रिहा गर्न आदेश दिएको हो। त्यस्तै, सोही अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले आन्दोलनसँग जोडिएको मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

यसअघि जिल्ला अदालत काठमाडौंले राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवलगायत अभियोगमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसपछि उनी डिल्लीबजार कारागारमा थुनामा थिए। जिल्ला अदालतको आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए, जसको आधारमा हिजो रिहा भएका हुन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स