वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको ट्रेड टावर लिमिटेडको आइपीओमा १० करोड ९३ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार वैशाख १५ गते बेलुका ५ बजेसम्म ४९ हजार ७९२ जनाले १० लाख ९३ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा २.७५ गुणा बढी आवेदन हो।
कम्पनीले वैशाख ८ गते पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो। आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।



















प्रतिकृया