ट्रेड टावरको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन?



Advertisement
Ads

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको ट्रेड टावर लिमिटेडको आइपीओमा १० करोड ९३ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार वैशाख १५ गते बेलुका ५ बजेसम्म ४९ हजार ७९२ जनाले १० लाख ९३ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा २.७५ गुणा बढी आवेदन हो।

कम्पनीले वैशाख ८ गते पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो। आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।


Advertisement

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर