कहिलेसम्म भर्न पाइनेछ बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २७ गते
कहिलेसम्म भर्न पाइनेछ बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद ?
AdvertisementAds

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ अनुपातमा जारी गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद भदौ ३ गतेसम्म रहेको छ।कम्पनीले हाल कायम १ कित्ता सेयरको बराबर १ कित्ता नयाँ सेयर निष्काशन गर्दै करिब ५३ करोड ५८ लाख रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले बुकक्लोज मिति जेठ २२ गते तोकेको छ, जसअनुसार जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीहरु मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले ‘मेरो सेयर’ अनलाइन प्लेटफर्म वा सि-आस्बा सेवा प्रदान गरेका बैंक तथा वितिय संस्थाहरूबाट हकप्रद भर्न सक्नेछन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स