कहिलेसम्म भर्न पाइन्छ बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १४ गते
कहिलेसम्म भर्न पाइन्छ बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर ?
AdvertisementAds

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि निष्काशन गरेको हकप्रद सेयर भर्ने साउन १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले कुल ५३ लाख ५८ हजार १५० कित्ता १०० रुपैयाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ।

कम्पनीले हकप्रदका लागि जेठ २२ गते बुकक्लोज गरेको थियो। जस अनुसार, जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन्। केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB’ रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम जनाउँछ।सेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले आरबिबि मर्चेन्ट बैंकिङ्ग, राष्ट्र बैंकका विभिन्न शाखा, सि-आस्बा सेवामा सहभागी संस्था वा ‘मेरो सेयर ’मार्फत आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स