प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ।
बैठकको सुरुआतमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामा पढेर सुनाउनेछन्।
त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन विधेयक, २०८३ प्रस्तुत गर्नेछन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ सभामा पेस गर्नेछिन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
बैठकमा आर्थिक विधेयक, २०८३ माथि दर्ता भएका संशोधनमाथि छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।
यसैगरी, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दर्ता भएका संशोधनहरूलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।



















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया