प्रतिनिधिसभा बैठक आज बस्दै, भूमिहीन र सुकुम्बासीसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १९ गते
प्रतिनिधिसभा बैठक आज बस्दै, भूमिहीन र सुकुम्बासीसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुने
AdvertisementAds

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ। बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुका साथै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२’ सभासमक्ष पेस गर्नेछिन्।

त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको निरन्तरता, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना तथा वास्तविक भूमिहीन र सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा वितरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

उक्त प्रस्तावको समर्थकमा सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स