होटेल सारथीले १५ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ८ गते
होटेल सारथीले १५ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

होटेल सारथी प्रा.लि. ले आफ्नो जारी पुँजीको ३० प्रतिशत बराबरको १५ लाख कित्ता साधारण सेयर (आइपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि सिटिजन्स क्यापिटल लिमिटेड सँग सम्झौता गरी नियामक निकायको स्वीकृति लिने कार्य सुरु गरिएको हो।

सम्झौतापत्रमा होटेल सारथीका कार्यकारी अध्यक्ष प्रल्हादप्रसाद प्याकुरेल र सिटिजन्स क्यापिटलका सिइओ सबिर बादे श्रेष्ठ ले हस्ताक्षर गरेका थिए। सम्झौता समारोह धुलिखेलस्थित होटेल परिसरमा आयोजना गरिएको थियो, जहाँ होटेलका सञ्चालक, महाप्रबन्धक, विभागीय प्रमुख, अन्य कर्मचारीहरू र क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख समिक्षा नेपाल समेत सहभागी थिए।

आईपीओ जारीपश्चात होटेल सारथीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ। क्यापिटलले कम्पनीलाई प्रा.लि. बाट पब्लिक कम्पनीमा रुपान्तरण गर्नेसमेत जिम्मेवारी लिएको छ। कम्पनीको लक्ष्य आर्थिक वर्ष २०८२/०८३ भित्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुने रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स