हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभा आगामी जेठ २५ गतेका लागि बोलाएको छ।
कम्पनीले उक्त सभामा ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी जम्मा ४.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्ने जनाएको छ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, तथा नगद प्रवाहसम्बन्धी विवरणहरूमा छलफल हुनेछ।
त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति जेठ ११ गते निर्धारण गरिसकेको छ।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया