हिमालयन रिइन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा बोलायो, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
हिमालयन रिइन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा बोलायो, बुक क्लोज कहिले ?

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा आगामी जेठ २५ गते बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको छ। सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, र अन्य वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि गरिनेछ।

सभामा सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार, जेठ १० गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स