हिमालयन पावर पार्टनर लिमिटेडले आगामी वैशाख १७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर जारी गर्न लागेको हो।
यसअनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ हुनेछ।
हकप्रद निष्काशनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरिसकेको छ। यसअनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि जेठ ६ गतेसम्म रहनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया