हिमालयन पावर पार्टनरले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
हिमालयन पावर पार्टनरले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने ?
Advertisement Ads

हिमालयन पावर पार्टनर लिमिटेडले ५०% हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीको सञ्चालक समितिको फागुन २८ गतेको बैठकले चैत १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीले हकप्रद सेयर निष्काशनको मिति तय गर्न बाँकी रहेको छ। यसअघि, कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेवोन)बाट फागुन २५ गते हकप्रद सेयर निष्काशनको अनुमति प्राप्त गरेको छ। गत असार २४ गते, कम्पनीले बोर्डमा १:०.५ अनुपातमा ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गर्न आवेदन दिएको थियो।

यो हकप्रद सेयर निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

Notice hppl 50 right share book closure 1773296311740 https://bajarkochirfar.com/himalayan-power-partner-has-set-a-book-closing-date-until-when-will-existing-shareholders-be-able-to-subscribe-to-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स