SHAREHUBSHAREHUB

हिमालयन बैंकका अध्यक्ष श्रेष्ठ सिबिफिनको अध्यक्षमा सर्वसम्मत चयन

AdvertisementAds
हिमालयन बैंकका अध्यक्ष श्रेष्ठ सिबिफिनको अध्यक्षमा सर्वसम्मत चयन
AdvertisementAds

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभापछि संचालक समितिबाट अलग भएपछि अध्यक्ष पद रिक्त भएको थियो। सिबिफिनको विधानअनुसार कार्यसमितिका पदाधिकारी वा सदस्यहरु प्रतिनिधित्व गर्ने संस्था बाहिरिँदा पद स्वतः रिक्त हुन्छ।

सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा यही माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकबाट बाँकी कार्यकालका लागि श्रेष्ठ सर्वसम्मत मनोनीत भएका हुन्। नेपालको बैंकिङ क्षेत्रका दुई दशकभन्दा बढी समयदेखि क्रियाशील श्रेष्ठ यसअघि सिबिफिनको महासचिव रहेका थिए।

नवनियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गर्दै सिबिफिनको संस्थापक अध्यक्ष पवन कुमार गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले निर्माण गरेको विरासतलाई अक्षुण्ण राख्दै बैंकिङ क्षेत्रको दिगो विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे। उनले बैंकिङ क्षेत्रको साझा हितको प्रवद्र्धन, आम जनविश्वास अभिवृद्धि, वित्तीय स्थायित्व र सुदृढ अर्थतन्त्रका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रसँग सहकार्यलाई प्रमुख प्राथमिकता बनाउने बताए।

त्यसै दिन बसेको कार्यसमितिको १६औँ बैठकले महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनीत गरेको छ। श्रेष्ठ अध्यक्षमा मनोनीत भएपछि महासचिव पद रिक्त भएको थियो भने तुल्सीराम अग्रवालको राजीनामापछि कोषाध्यक्ष पद पनि रिक्त रहेको थियो।

महासचिव गोयल नेपालका अनुभवी बैंकर हुन्। उनले नबिल बैंक, बैंक अफ काठमाडौं, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीमा उच्च जिम्मेवारी निर्वाह गरिसकेका छन्। कोषाध्यक्ष नेपाल पनि बैंकिङ क्षेत्रमा अनुभवी व्यक्तित्व हुन्। उनले नेपाल राष्ट्र बैंकको निर्देशक, लक्ष्मी बैंकको सञ्चालक र नागरिक लगानी कोषको कार्यकारी निर्देशकजस्ता पद सम्हालेका छन्।

AdvertisementAds

सिबिफिनको विधानअनुसार पद रिक्त हुँदा कार्यसमितिका सदस्य वा सम्बन्धित संस्थाका अध्यक्षबाट नयाँ पदाधिकारी मनोनीत गर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स