हिमालय बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २२.१४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ९.९ प्रतिशतले घटेर १० अर्ब ४५ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन आम्दानी ४.७३ प्रतिशतले घटेर १२ अर्ब ५१ करोड रुपैयाँमा आएको छ। यता, इम्पेयरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट ७०.८५ प्रतिशतले घटेर १ अर्ब ५३ करोड रुपैयाँमा आएको छ, जसको कारण बैंकको नाफा वृद्धि भएको हो।
बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन ५.२० प्रतिशत र कर्जा प्रवाह १.१४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ भने रिजर्भमा २३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ।
यता प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसाले बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

प्रतिकृया