एचआईडीसीएल लिमिटेडको नगद लाभांश घोषणा, बुक क्लोज मिति पनि तोक्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २६ गते
एचआईडीसीएल लिमिटेडको नगद लाभांश घोषणा, बुक क्लोज मिति पनि तोक्यो

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लिमिटेडले नगद लाभांश दिने भएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा ५.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ पुस ११ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागि हुन र लाभांश हात पार्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स