अमेरिकामा उडान भरेको १८ मिनेटभित्रै हेलिकप्टर दुर्घटना



Advertisement
Ads

अमेरिकाको न्यूयोर्क सिटीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब ३ बजे हडसन नदीमा हेलिकप्टर खस्दा तीन बालबालिकासहित सबै सवारको ज्यान गएको न्यूयोर्कका मेयर एरिक एडम्सले जानकारी दिएका छन्। दुर्घटनामा मृत्यु भएका सबैजना स्पेनका पर्यटक भएको जनाइएको छ। हेलिकप्टरले डाउनटाउन हेलिपोर्टबाट उडान भरेको १८ मिनेटभित्रै स्ट्याच्यु अफ लिबर्टीतर्फ फर्कने क्रममा म्यानहट्टन स्काइलाइन नजिकै दुर्घटना भएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार हेलिकप्टरको सन्तुलन गुमेपछि त्यसका केही भाग आकाशमै टुक्रिएका थिए, जसपछिपछि हेलिकप्टर सीधै नदीमा खसेको थियो। घटनापछि अमेरिकी यातायात सुरक्षा बोर्ड (NTSB) ले दुर्घटनाबारे अनुसन्धान थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर