स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन्। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेका बेला काफ्लेले राजीनामा दिएका छन्। बोर्डले सेवा प्रदायक अस्पताल तथा संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ।
भुक्तानी नपाएको भन्दै केही ठूला सरकारी अस्पतालहरूले स्वास्थ्य बीमा सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् भने अन्य अस्पतालहरू पनि सेवा रोक्ने तयारीमा छन्।अर्थ मन्त्रालयले हालको मोडलमै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भए थप अनुदान दिन नसकिने स्पष्ट पारेको छ। पर्याप्त सरकारी सहयोग नहुँदा स्वास्थ्य बीमा कार्यक्रम संकटमा परेको छ।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया