गार्डियन माइक्रो लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?



Advertisement
Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ २४ गते बिहीबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (GMLI) को आईपी) सूचीकृत भएको छ। कम्पनीले कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, सर्वसाधारण, र संस्थापक समूहलाई जारी गरेका सेयरहरू सूचीकृत गरेको हो।

कम्पनीको कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। यसमध्ये संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता, र सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता सेयर रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता, कर्मचारीलाई ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता तथा सर्वसाधारणलाई १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँट गरिएको थियो।


Advertisement

नेप्सेले पहिलो कारोबारका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई १०० रुपैयाँ ३४ पैसा देखि ३०१ रुपैयाँ २ पैसा सम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जको आधारमा आगामी आइतबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। त्यसपछि नियमित दोस्रो बजारमा पनि सेयर कारोबार सुरु हुनेछ। कम्पनीको सिम्बोल जीएमएलआई (GMLI) रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर