insta insta

करिब दोब्बरले बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा 

करिब दोब्बरले बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा 
Advertisement Ads

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ७९.५३ प्रतिशतले बढेर ६ करोड ९४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा वृद्धि र इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएको कारण नाफामा वृद्धि भएको हो।

चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले बढेर २० करोड २० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १९.२६ प्रतिशतले बढेर २३ करोड ३० लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज २ करोड ९० लाख रुपैयाँबाट घटेर ६८ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको खराब कर्जा अनुपात ०.१५ प्रतिशतबिन्दुले बढेर ३.३३ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले ६ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी ५६ करोड ९६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ६ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा १२ करोड ५९ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १ पैसाले बढेर १२ रुपैयाँ १८ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ११ पैसा रहेको छ।

थप वित्तीय सूचकहरू हेर्दा, बैंकको पुँजी कोष जोखिम सम्पत्ति अनुपात १४.७७ प्रतिशत, मूल्य आम्दानी अनुपात १२२.०७ गुणा, आधार दर ८.०२ प्रतिशत, तथा ब्याजदर स्प्र्रेड रेट ४.३५ प्रतिशत रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

GRDBL 1 https://bajarkochirfar.com/green-development-banks-distributable-profit-nearly-doubled | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स