एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, उपाध्याय सिनियर डीसीईओमा बढुवा

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २४ गते
एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, उपाध्याय सिनियर डीसीईओमा बढुवा
AdvertisementAds

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन्। शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

घिमिरे हाल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत छन्। २०७९ भाद्र ३१ गते बसेको संचालक समिति बैठकले घिमिरेलाइ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा बढुवा गरेको थियो।

त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका घिमिरे ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ मानिन्छन्।

हालका सीईओ सुनिल केसीको दोश्रो कार्यकाल फागुन मसान्तमा समाप्त हुने भएकाले बैंकले नयाँ नेतृत्वका रूपमा घिमिरेलाई नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार एउटै व्यक्तिले दुई कार्यकालभन्दा बढी सीईओ बन्न नपाउने प्रावधान रहेको छ।

त्यसैगरी, बैंक सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा बढुवा गर्ने निर्णय गरेको छ। उपाध्याय विगत ९ वर्षदेखि एनएमबि बैंकमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स