गभर्नर अधिकारी भन्छन्, “अर्थतन्त्र लयमा फर्किन थाले पनि कर्जा असुलीमा समस्या देखिँदा बैंकहरुले समस्या भोगिरहेको छन्”

गभर्नर अधिकारी भन्छन्, “अर्थतन्त्र लयमा फर्किन थाले पनि कर्जा असुलीमा समस्या देखिँदा बैंकहरुले समस्या भोगिरहेको छन्”

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको आर्थिक तथा वित्तीय सूचकाङ्कहरू सुधारोन्मुख रहेको र अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको बताएका छन्। तर, बैंकहरूले कर्जा असुलीमा केही चुनौतीहरूको सामना गरिरहेको उनले स्वीकार गरे।

कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवका अवसरमा बोल्दै गभर्नर अधिकारीले बाह्य क्षेत्रमा सन्तुलन कायम रहेको, मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको, बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको, र ब्याजदर घटेको उल्लेख गरे। उनले सरकारी राजस्व, आयात-निर्यात, र पुँजी निर्माणसँग सम्बन्धित सामानको आयात वृद्धि सकारात्मक भएको बताए।

तर, अर्थतन्त्र लामो समय शिथिल भएको र केही व्यक्ति तथा समूहले ऋण नतिर्ने अभियान चलाउँदा कर्जा असुलीमा समस्या देखिएको उनको भनाइ थियो। यसले खराब कर्जामा वृद्धि ल्याउने र दीर्घकालमा अर्थतन्त्रमा असर गर्ने विषयप्रति गभर्नरले चिन्ता व्यक्त गरे।

गभर्नर अधिकारीले कृषि विकास बैंकलाई कृषि क्षेत्रमा लगानीका लागि मुख्य भूमिका निर्वाह गरेको संस्थाका रूपमा प्रशंसा गरे। बैंकले वित्तीय समावेशिता प्रवर्द्धन, ग्रीन फाइनान्स, र प्रविधि प्रयोगमा समेत उत्कृष्ट कार्य गरिरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स