देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ।
भौगोलिक दृष्टिले विकट बझाङको साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तारसँगै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न सफल भएको हो। एभरेष्ट बैंकले गत असोजमा उक्त शाखा सञ्चालनमा ल्याएको थियो।
गभर्नर महाप्रसाद अधिकारी बैंकको उक्त शाखा उद्घाटन गर्न गएका थिए, जहाँ उनले एभरेष्ट बैंकको व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीसहित हेलिकप्टरमार्फत उद्घाटन समारोहमा भाग लिएका थिए। मुलुक संघीय संरचनामा गएपछि सरकारी कारोबार वाणिज्य बैंकमार्फत् हुने व्यवस्था पनि लागू भएको छ।



















प्रतिकृया