SHAREHUBSHAREHUB

नयाँ गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
AdvertisementAds
नयाँ गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गर्ने
AdvertisementAds

सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई सिफारिस समिति गठन गर्न स्वीकृति दिएको हो।

नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते समाप्त हुँदैछ। उनले २०७६ चैत २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारबाट पाँच वर्षका लागि गभर्नरको पदमा नियुक्ति प्राप्त गरेका थिए।

नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा रहनेछ। यस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ, र मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई गभर्नरको रूपमा नियुक्त गर्ने व्यवस्था हुनेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स