पुँजीबजारलाई दिगो, भरपर्दो र विश्वसनीय बनाउने विषयमा सरकार लागीरहेको छ: अर्थमन्त्री पौडेल



Advertisement
Ads

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरूलाई क्रमशः समाधान गर्दै गएको बताएका छन्।


Advertisement

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को २८औँ वार्षिकोत्सव समारोहमा उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका चुनौतीहरूको समाधानका लागि सरकारले चरणबद्ध रूपमा पहल गरिरहेको उल्लेख गरे। अर्थतन्त्रलाई गतिशील बनाउन सरकार लगानी, उत्पादन, रोजगारी अभिवृद्धि तथा विदेशी लगानी आकर्षित गर्ने प्रयत्नमा रहेको उनको भनाइ थियो।


Advertisement

अर्थमन्त्री पौडेलका अनुसार, सरकार आर्थिक क्रियाकलापलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै गए पनि प्रविधिको पूर्ण उपयोग गर्न भने अझै नसकेको छ। कर प्रणाली सुधारका लागि सरकारले चाहेजस्तो प्रगति गर्न नसकेको स्वीकार्दै उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्सहरूलाई सुधारका लागि सहकार्य गर्न आग्रह गरे। उनले कर छल्न नदिने प्रभावकारी कानुन निर्माणको आवश्यकता औंल्याउँदै कर प्रणाली पारदर्शी र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

पुँजीबजारलाई दिगो, भरपर्दो, र विश्वसनीय बनाउने विषयमा पनि सरकार गम्भीर रहेको उनले बताए। कुनै पनि किसिमको अनियमितता हुन नदिनका लागि नियामक निकायहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै उनले आर्थिक कारोबारलाई पूर्ण रूपमा डिजिटल प्रविधिमा लैजाने दिशामा सरकार अघि बढिरहेको उल्लेख गरे।

उनका अनुसार, मुलुकमा स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्न सरकार सक्रिय रहेको छ। लगानीमैत्री वातावरण बनाउन आवश्यक नीति तथा संरचनात्मक सुधारको आवश्यकतामा उनले जोड दिए। आईक्यानजस्ता संस्थाहरूले यस प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै उनले गहिरो अध्ययन गरी सुझाव दिन आग्रह गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर