सरकारले सिमेन्ट, सुर्ती र मेकअपका सामानहरुमा कर बढायो



Advertisement
Ads

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले उपभोग्य वस्तुहरूमा कर बढाउने नीतिगत निर्णय गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर नीतिमा कडाइ गर्दै निर्माण, स्वास्थ्य तथा विलासी उपभोग्य क्षेत्रसँग सम्बन्धित वस्तुहरूमा कर वृद्धि गरिएको घोषणा गरेका हुन्। विशेषतः सिमेन्ट उद्योगमा प्रयोग हुने काठको धुलो, बाइण्डिङ केमिकल्स तथा सिमेन्ट मिसाउने सामग्रीहरूमा लागू हुने भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याइएको छ। त्यस्तै, अनफायर्ड मोडिफाइड क्ले मेटेरियलमा झनै कठोर नीति अपनाउँदै भन्सार महसुल ५ प्रतिशतबाट १५ प्रतिशत कायम गरिएको छ। यसले निर्माण लागत बढाउने सम्भावना रहेको छ, जसको असर पूर्वाधार विकासदेखि निजी भवन निर्माणसम्म पर्न सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, सरकारले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै सुर्तीजन्य वस्तुहरूमा समेत उल्लेखनीय कर वृद्धि गरेको छ। फिल्टर नभएको सुर्तीमा कर दर ७५५ रुपैयाँबाट बढाएर ७७८ रुपैयाँ बनाइएको छ भने ७० मिमिसम्मको लम्बाइ भएको सुर्तीमा ५२ रुपैयाँ थपिएर दर १,७९२ रुपैयाँ पुगेको छ। ७०–७५ मिमिको सुर्तीमा ७१ रुपैयाँ थप गरी २,४४१ रुपैयाँ बनाइएको छ भने ७५–८५ मिमिकोमा १५३ रुपैयाँ वृद्धि गरी ३,२१३ रुपैयाँ कायम गरिएको छ। ८५ मिमिभन्दा बढी लम्बाइ भएको सुर्तीमा २१० रुपैयाँ थपेर प्रति एम ४,४१० रुपैयाँ कर लगाइएको छ।


Advertisement

त्यस्तै, विलासी तथा विदेशी सौन्दर्य सामग्रीको आयातमा नियन्त्रण गर्ने उद्देश्यले ट्वाइलेट श्रृङ्गार सामग्रीमा लाग्ने भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याइएको छ। सरकारको यो नीति स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयातमा निर्भरता घटाउन र जनस्वास्थ्यमा सुधार ल्याउनतर्फ लक्षित देखिन्छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर