सरकारले ल्यायो एआई नीतिको मस्यौदा, सरोकारवालासँग सुझावको आग्रह

सरकारले ल्यायो एआई नीतिको मस्यौदा, सरोकारवालासँग सुझावको आग्रह
AdvertisementAds

सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिको मस्यौदा तयार गरी सार्वजनिक गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले यो मस्यौदामा सरोकारवालाहरूको सुझावसमेत माग गरेको छ।

नीतिले मुख्य रूपमा सुरक्षित र दिगो एआई इकोसिस्टमको निर्माणलाई प्राथमिकता दिएको छ। साथै, एआईसँग सम्बन्धित जनशक्ति विकास, अध्ययन, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धनलाई पनि जोड दिएको छ। एआई प्रविधिको प्रयोगमार्फत क्षेत्रगत विकास र सार्वजनिक सेवाको गुणस्तर सुधार गर्ने लक्ष्य नीतिमा समेटिएको छ।

यसका अतिरिक्त, एआई विकास र यसको सुरक्षित प्रयोगका लागि आवश्यक समन्वय, सहकार्य, नियमन र अनुगमनको संरचना निर्माण गरिने उल्लेख गरिएको छ। नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्दै विद्यमान संरचनाहरूको सबलीकरण तथा क्षेत्रगत समन्वयमार्फत कुल गार्हस्थ्य उत्पादनमा एआई क्षेत्रको योगदान वृद्धि गर्ने लक्ष्य नीतिमा तय गरिएको छ।

 

AdvertisementAds
PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स