बिहिबार सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा, तोलाको १ लाख ८० हजार नाघ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ । उता चाँदीको मूल्य भने घटेको छ ।
छापावाला सुनको मूल्य प्रतितोला १२ सयले बढेर तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ।
बुधबार सुनको मूल्य तोलाको १ लाख ७९ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर तोलाको १ हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको छ।