सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको थियो ।

Copy of Copy of GOLD SILVER 2 https://bajarkochirfar.com/gold-price-stable-silver-rises-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स