नेपाली बजारमा आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
हिजो सुन तोलामा २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँमा कायम भएको छ। यसअघि चाँदी प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।




















प्रतिकृया