सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, एकैदिन बढ्यो करिब ३ हजारले
नेपाली बजारमा आज २०८२ (वैशाख ३ गते) सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै हालसम्मकै उच्च बिन्दु छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुनको मूल्य प्रतितोला २,७०० रुपैयाँले बढेर तोलाको १ लाख ८७ हजार रुपैयाँमा पुगेको हो।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँ थियो ।
यससँगै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ।