दोब्बरले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा, ईपीएस पुग्यो ३८ रुपैयाँ

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २५ गते
दोब्बरले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा, ईपीएस पुग्यो ३८ रुपैयाँ

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा १२१.९० प्रतिशतले बढेर २३ करोड ५८ लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १० करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चौथो त्रैमाससम्ममा ग्लोबल आइएमई लघुवित्तको खुद ब्याज आम्दानी २०.३५ प्रतिशतले बढेर ७५ करोड ९७ लाख २६ हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ८४ करोड ४९ लाख ३१ हजार रुपैयाँ पुगेको छ। यता, लघुवित्तको सञ्चालन नाफा ३३ करोड ७२ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा लघुवित्तले ८ करोड ५२ लाख ४ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी आर्जन गरेको छ। कर्मचारी खर्च ३३ करोड ७६ लाख १६ हजार रुपैयाँ र अन्य सञ्चालन खर्च ६ करोड ३९ लाख ३३ हजार रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष ४.०७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.४५ प्रतिशतबिन्दुले घटेर ३.६२ प्रतिशतमा झरेको छ।

लघुवित्तको चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ, वितरणयोग्य नाफा १७ करोड १९ लाख ९ हजार रुपैयाँ र जगेडा कोषमा ७१ करोड ३९ लाख १० हजार रुपैयाँ सञ्चित रहेको छ।

अघिल्लो वर्ष १७.१६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष दोब्बर बढेर ३८.११ रुपैयाँ पुगेको छ। लघुवित्तको मूल्य–आम्दानी अनुपात ३४.६५ गुणा छ भने प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स