सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडले पुस २९ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ। सभा लिजारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८०–८१ का वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरणलगायतका एजेन्डामा छलफल गरिनेछ। कम्पनीले यस पटक पनि सेयरधनीहरूका लागि लाभांश प्रस्ताव गरेको छैन।
सभाले आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीले सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन पाउनेछन्।





















प्रतिकृया