गौतम अडानीले आफ्ना कर्मचारी भन्दा थोरै तलब लिए, धनाढ्यहरूले किन तलब लिदैनन्?
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीले आर्थिक वर्ष २०२३/२४ मा ९.२६ करोड रुपैयाँ मात्र तलब लिएको पाइएको छ। भारतीय मिडिया रिपोर्ट्सका अनुशार उनले आफ्नै समूहका प्रमुख कार्यकारीहरू र भारतका अन्य ठूला व्यवसायिक समूहका प्रमुखहरूको तलबको तुलनामा थोरै तलब लिएका हुन्।
अडानीले आफ्नो १० कम्पनीमध्ये केवल दुई कम्पनीबाट तलब लिएका हुन। अडानी इन्टरप्राइजेज लिमिटेडबाट उनले २.४६ करोड तलब र भत्ता प्राप्त गरेका छन् भने अडानी पोर्ट्स एन्ड सेज लिमिटेडबाट ६.८ करोड।
उनको तलब रिलायन्सका मुकेश अम्बानी, भारती एयरटेलका सुनील मित्तल, बजाज अटोका राजीव बजाज, र एल एन्ड टीका अध्यक्ष एस. एन. सुब्रह्मण्यमजस्ता अन्य व्यवसायिक समूहका प्रमुखहरूको तुलनामा निकै कम हो।
गौतम अडानीको समूहमा कार्यरत प्रमुख कार्यकारीहरूले भने उनले भन्दा धेरै तलब पाएका छन्। समूहका मुख्य वित्तीय अधिकृत जुगेशिन्दर सिंहले ९.४५ करोड पाउँदा, अडानी ग्रीन इनर्जीका सीईओ विनीत एस. जैनले १५.२५ करोड रुपैयाँ पाएका छन्।
धनाढ्यहरूले किन तलब लिदैनन्?
धनाढ्यहरूले तलब नलिनुको मुख्य कारण कर (ट्याक्स) हो। धेरै तलबमा लाग्ने करको दायरा बढी हुने भएकाले, उनीहरूले आफ्नो कमाईको स्रोत सेयर डिभिडेन्ड र कम्पनीको नाफाबाट लिने गर्छन। यसले उनीहरूलाई कर लुकाउन फाइदा पुर्याउँछ।
स्रोत: पीटीआई