गरिमा क्यापिटलले खुलामुखी सामूहिक लगानी कोष (ओपन म्युचुअल फण्ड) सञ्चालन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ २१ गते क्यापिटललाई उक्त योजना सञ्चालनको स्वीकृति दिएको हो।
क्यापिटलले योजना सञ्चालनको अनुमति माग गर्दै कार्तिक २८ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो। स्वीकृतिसँगै कम्पनीले गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा सुवर्ण योजना नामक खुलामुखी सामूहिक लगानी कोष सञ्चालन गर्नेछ।
यस योजनाको कुल आकार १ अर्ब रुपैयाँको रहेको छ र फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुनेछ।
हाल क्यापिटल गरिमा समृद्धि योजना नामक बन्दमुखी फण्ड सञ्चालन गर्दै आएको छ।


प्रतिकृया