Investor MeetInvestor Meet

भदौ २४ मा नेताका घरमा भेटिएको पैसाको छानबिन होस् : गगन थापा

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १० गते
AdvertisementAds
भदौ २४ मा नेताका घरमा भेटिएको पैसाको छानबिन होस् : गगन थापा
AdvertisementAds

नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले धारणा राख्दै भने, “जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ। अनुसन्धान केवल सार्वजनिक खपतको विषय मात्र हुनुहुँदैन, निष्कर्ष पनि निकालिनुपर्छ।”

उक्त आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो। आन्दोलनकारीले देउवा र कांग्रेसकी तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि साङ्घातिक आक्रमण गरेका थिए। आगजनीका क्रममा त्यहाँ राखिएको पैसा जलेको भिडियो सार्वजनिक भएको थियो।

त्यसैगरी, कांग्रेसका अर्का नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको थियो र त्यहाँ पनि पैसा जलेको भिडियोकाम सार्वजनिक भएको थियो।

सभापति थापाले अख्तियारको दुरुपयोग र नीतिगत भ्रष्टाचार सम्बन्धी विषयमा पनि तथ्यसंगत छानबिन गरिनुपर्ने बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स