भोलिदेखि प्रतिकित्ता १०० रुपैयाँमै किन्न पाइन्छ दोर्दी खोला जलविद्युतको सेयर

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २३ गते
भोलिदेखि प्रतिकित्ता १०० रुपैयाँमै किन्न पाइन्छ दोर्दी खोला जलविद्युतको सेयर

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद सेयर पुनः बिक्रीमा ल्याएको छ।

यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गर्दा १९ लाख ४६ हजार ६७६ कित्ता बाँडफाँडपछि बाँकी रहेको थियो। तीमध्ये केही सेयर जेठ ११ देखि २० गतेसम्म लिलामीमार्फत बिक्री गरिए पनि अझै ९३ हजार ६२९ कित्ता सेयर बिक्री हुन बाँकी रहेका कारण कम्पनीले पुनः बिक्रीमा ल्याएको हो।

अघिल्लो लिलामीमा लकइनमा नरहेका सेयरहरूको कट-अफ प्राइस २७० रुपैयाँ कायम भएको थियो। अहिले बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य भने प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक जो-कोही लगानीकर्ताले भोलि असार २४ गतेदेखि असार ३२ गतेभित्र आवेदन दिन सक्नेछन्।

आवेदन दिने क्रममा न्यूनतम १०० कित्ता र अधिकतममा उपलब्ध सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन फाराम बिक्री प्रबन्धक सानिमा क्यापिटलको नक्सालस्थित कार्यालय, साथै सानिमा बैंकका विराटनगर, विर्तामोड, वीरगंज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा (न्यूरोड), बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर शाखा र गरिमा विकास बैंकको बागलुङ शाखाबाट प्राप्त गर्न सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स