आईपीओ निष्काशन रोकिएको करिब १ वर्षपछि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले भोलि मंसिर १९ गतेबाट पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
यसअघि, सर्वोत्तम सिमेन्टले गत वर्ष पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरेको थियो। रिलायन्स स्पिनिङ मिल्स पनि बुक विल्डिङ विधिमार्फत असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । तर, बुक विल्डिङ विधिमार्फत सार्वजनिक निष्कासनका लागि बोर्डले अनुमति दिएसँगै रिलायन्सको आइपीओ विवादित बन्दै आएको थियो। स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदको सार्वजनिक लेखा समितिमै प्रश्न उठेपछि बोर्डले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । अधक्ष्यविहिन रहेको धितोपत्र बोर्डले त्यसपछि कुनै कम्पनीको आईपीओ निष्काशनको अनुमति दिएको थिएन।
गार्डियन माइक्रो लाइफले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको मध्ये २ करोड २५ लाख रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ अंकित दरले कुल २ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो। यस्तै, कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि पुष ३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो सेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया