नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आज मङ्सिर ११ गतेदेखि हकप्रद सेयर बाँडफाँड गर्दा अवितरित बनेका ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ।
लिलामीमा राखिएका सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, र बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता तथा बढीमा उपलब्ध सबै कित्तासम्म माग गर्न सकिनेछ। बोलपत्र मङ्सिर २५ गतेभित्र बुझाउन सकिनेछ।
बोलपत्र फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं तथा ग्लोबल आइएमई बैंकका विराटनगर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरो–पोखरा, वुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखाबाट प्राप्त गर्न र बुझाउन सकिने बैंकले जनाएको छ।















प्रतिकृया