SHAREHUBSHAREHUB

पर्सीदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २६ गते
AdvertisementAds
पर्सीदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको सेयर किन्न पाउने
AdvertisementAds

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असोज २८ गतेदेखि करिब २ लाख कित्ता अवितरित हकप्रद सेयर सर्वसाधारणका लागि लिलाम प्रक्रिया मार्फत बिक्रीमा राख्ने भएको छ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ भने बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता र बढीमा १० अंकले भाग जाने जुनसुकै संख्या वा सम्पूर्ण सेयर माग गर्न सकिने व्यवस्था गरिएको छ।

बोलपत्र असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र पेश गर्न सकिनेछ। बोलपत्र फाराम कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं मा उपलब्ध हुनेछ। त्यस्तै, लक्ष्मी सनराइज बैंकका विराटनगर–हनुमानदास सडक, वीरगन्ज–आदर्शनगर, हेटौंडा, पोखरा–न्युरोड, बुटवल–मिलनचोक, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–लक्ष्मी नारायण चोक शाखाहरूमा पनि बोलपत्र फाराम लिन सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स